global ime bank Long Banner Ad

गृहपृष्ठ हात्तिको बथान गाउँ पस्दा धानखेती नोक्सान

हात्तिको बथान गाउँ पस्दा धानखेती नोक्सान

हात्तिको बथान गाउँ पस्दा धानखेती नोक्सान

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा हात्तिको बथानले सात विघा जग्गाको धानखेती सखाप पारेको छ ।

हरेक दिन राति बस्तीमा पस्ने हात्तीको बथानले स्थानीयको धानवालीमा ठुलो क्षति गरेको वडा अध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए । हात्ती भगाउनकै लागि यहाँका स्थानीय रातभर जाग्राम बस्ने गरेको उनले बताए । “दिनहुँ राति २०र२२ वटा सङ्ख्यामा रहेको हात्तीको बथान बस्तीमा पस्छ,” उनले भने , “हात्तीले यहाँ हैरान गरेको छ स्थानीयले सुत्न पाएका छैनन् ।”

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । “हामीले राति उक्त बस्तीमा प्रहरीको डिउटी नै राखेका छौँ,” अध्यक्ष धनाडीले भने , “हात्ती भगाउन वडा कार्यालयबाट टर्च, साइरन स्थानीयलाई उपलब्ध गराएका छौँ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान बच्चासहित दिनहुँ बडुबाल टोलमा पस्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु