global ime bank Long Banner Ad

गृहपृष्ठ पाँच पटक म्याद थप हुँदा पनि बनेन दैजी जोगबुढा सडक

पाँच पटक म्याद थप हुँदा पनि बनेन दैजी जोगबुढा सडक

पाँच पटक म्याद थप हुँदा पनि बनेन दैजी जोगबुढा सडक

महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक पाँच पटक म्याद थप हुँदासमेत निर्माण सम्पन्न भएको छैन ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्षबितिसक्दा पनि नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ । सडक निमार्णका लागि पाचौँ पटक विसं २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्रिमधेशका स्थानीय धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । “डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दुरीको सडक नबन्दा हामीले घुमाउरो बाटो आवतजावत गर्नुपर्ने बाध्यता छ”, स्थानीय रामबहादुर बुढामगरले भने । उनले सडक नहुँदा जोगबुढा र परशुराम क्षेत्रको कृषि उपज बिक्रीका लागि समस्या हुने गरेको बताए ।

“सडक भइदिएको भए यहाँ उत्पादित दाल तरकारी महेन्द्रनगर बिक्री गर्न लैजान सजिलो हुने थियो”, उहाँले भन्नुभयो । सडक निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा चुरे पहाडमा सडक किनारामा निमार्ण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय महेश भट्टले बताए । “बनेका पर्खाल र नालीसमेत जीर्ण भएका छन्”, भट्टले भने, “वर्षातमा हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।” डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको वैकल्पिक मार्ग समेत हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निमार्णमा ढिलाइ भएको जनाएको छ । सूचना अधिकारी आनसिंह डाँगाका अनुसार सडक निर्माण सम्पन्न नहुँदा हरेक वर्ष वर्षातमा बाढीले क्षति गर्ने गरेको छ । हालसम्म निमार्ण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ ।
(((

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु