गृहपृष्ठ दशरथ रङ्गशाला स्तरोन्नतिको चासो
दशरथ रङ्गशाला स्तरोन्नतिको चासो
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा आज छलफल भएको छ ।
मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायत विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिए ।
“दशरथ रङ्गशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ, कति बजेट लाग्छ, प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,” सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने, “समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्न आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनुहुँदैन ।”
प्रकाशित समय : २०:०३ बजे



















