काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टीआरसी विधेयकमा भएको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा : अध्यक्ष प्रचण्ड

4.81K
shares

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसी माथि जुटेको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन् ।

विधेयकमाथि सहमति जुटाउन गठित कार्यदलले आज प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्बन्धित राहत, परिपूरण जस्ता विषय दीर्घकालीन रूपमा सम्बोधन हुने बताए । उहाँले प्रतिवेदन हस्तान्तरण गर्ने कार्यदलका सदस्य र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । “नेपाली समाजको युगान्तकारी परिवर्तनको ऐतिहासिक जग बनेको नेपाली जनक्रान्तिलाई शान्ति, संविधान र राष्ट्रको समृद्धिको दिशामा रूपान्तरण गर्न, द्वन्द्वकालीन घटनाको सत्य निरुपण गरी समाजमा मेलमिलापको अवस्था सिर्जना गर्न र पीडितमैत्री सङ्क्रमणकालीन न्याय निरुपण गर्न म विगतदेखि निरन्तर लागिरहेको छु । यसै क्रममा मेरो पहल र नेतृत्वमा भएको बालुवाटार बैठकले यो कार्यदल गठन गरेको थियो”, अध्यक्ष दाहालले भने ।

सङ्क्रमणकालीन न्यायसम्बन्धीको टिआरसी विधेयक टुङ्गो लगाउन गठित कार्यदलले आज शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।