काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत

5.23K
shares

तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सो आवमा ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

विनियोजित बजेटको चालुतर्फ  ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख अर्थात् ७० दशमलव ६६ प्रतिशत खर्च भएको हो । पालिकाले  २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।

अघिल्लो आवमा पालिकाले ७८ दशमलव १० प्रतिशत बजेट खर्च गरेको थियो । गत आवमा तीन प्रतिशतले बजेट खर्च बढेको हो । पालिकाद्वारा आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक विकास ६६ दशमलव ७ प्रतिशत, सामाजिक विकासमा ६० दशमलव ८१ प्रतिशत, पूर्वाधार विकासमा ७७ दशमलव १ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६० दशमलव ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७० दशमलव ४३ प्रतिशत खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

सङ्घ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगति शत प्रतिशत छ । पालिकाका आठै वडामा सञ्चालित ७० भन्दा बढी योजना पूर्णरुपमा सम्पन्न भएका छन् । ठेक्कामार्फत सङ्घ र प्रदेशको लगानीमा सात वटा आयोजना निर्माण भएका छन् । प्रभावकारी श्रमदान अभियान, एक हजार दुई सय बढी अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुल्क एम्बुलेन्स सेवा जस्ता नमूना काम गरेको पालिकाले जनाएको छ ।