nmb bank

गृहपृष्ठ बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चार दिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गरेको छ ।

हसिनाको चीन भ्रमणले बङ्गलादेश र चीनबिचको ‘रणनीतिक साझेदारी’ लाई ‘व्यापक रणनीतिक समन्वयात्मक साझेदारी’ मा उकास्ने विश्वास गरिएको ढाका ट्रिब्यूनले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर २०१६ मा बङ्गलादेशको भ्रमण गरेको थियो । जसमा दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ मा स्तरोन्नति गरेका थिए भने शेख हसिनाले अन्तिम पटक जुलाई २०१९ मा बेइजिङ भ्रमण गरेको थियो ।

बङ्गगलादेशको दैनिक समाचारपत्र ‘द डेली स्टार’का अनुसार हसिना र उनको टोलीलाई लिएर विमान बङ्गलादेश एयरलाइन्सको विशेष उडान सोमबार बिहान ११ः०५ मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो ।

चीन भ्रमणको क्रममा हसिनाले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली किआङसँग छुट्टाछुट्टै बैठक गर्नुहुने छ भने दुई देशबिच व्यापार, व्यापार र लगानीका अवसरसम्बन्धी शिखर सम्मेलनमा भाग लिनेछ ।

ढाका र बेइजिङले २० वटा वा सोभन्दा बढी एमओयूमा हस्ताक्षर गर्ने र दुई पक्षबिचको द्विपक्षीय बैठकपछि केही विकास परियोजनाको उद्घाटन गर्ने सम्भावना रहेको डेली स्टारले जनाएको छ ।

बङ्गलादेशले लगानी र व्यापार, आर्थिक सहायता र रोहिङ्ग्याहरूलाई उनीहरूको मातृभूमिमा फिर्ता गर्ने क्षेत्रमा चीनको सहयोग माग्ने योजना तय भएको, विदेश मन्त्री हसन महमुदले पत्रकार सम्मेलनमा जानकारी गराए ।

हसिनाको चीन भ्रमण अघि ढाकामा एक कार्यक्रमलाई सम्बोधन गर्दै अवामी लिगका महासचिव ओबैदुल कादरले भारतलाई बङ्गलादेशको राजनीतिक मित्र र चीनलाई यसको विकास साझेदारका रूपमा वर्णन गरेको थियो ।

चीनले बङ्गलदेशको धेरै क्षेत्रहरूको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताउदै देशको समग्र प्रगतिको लागि चीनबाट समर्थन स्वीकार नगर्ने कादरलाई उद्धृत गरी द डेली स्टारले उल्लेख गरेको छ ।

प्रकाशित समय : १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु