global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भारतीय तीव्र गतिका बलर बुमराह टी-२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी

भारतीय तीव्र गतिका बलर बुमराह टी-२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी

भारतीय तीव्र गतिका बलर बुमराह टी-२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी BRIDGETOWN, BARBADOS - JUNE 29: Jasprit Bumrah of India celebrates with the ICC Men's T20 Cricket World Cup following the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 Final match between South Africa and India at Kensington Oval on June 29, 2024 in Bridgetown, Barbados. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शनका साथ १५ विकेट लिएका थिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २/२ विकेट लिएका थिए ।

अफगानिस्तान र पाकिस्तानसँग ३/३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए । भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी-२० विश्वकप उपाधि जितेको थियो ।

 

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु