टी-२० विश्वकपको फाइनलस् भारतले टस जितेर पहिला ब्याटिंग गर्दै
वि.सं.२०८१ असार १५ शनिवार २०:२२
shares

भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।
भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।

























