गृहपृष्ठ कान्तिपुर डेन्टलमा ‘न्यूरो मस्कुलर डेन्टिस्ट्री’ विभाग शुभारम्भ
कान्तिपुर डेन्टलमा ‘न्यूरो मस्कुलर डेन्टिस्ट्री’ विभाग शुभारम्भ
काठमाडौँको बसुन्धरामा सञ्चालित कान्तिपुर डेन्टल कलेज तथा अस्पतालमा ‘न्यूरो मस्कुलर डेन्टिस्ट्री’ विभाग शुभारम्भ गरिएको छ । अस्पतालभित्र निर्माण गरिएको उक्त विभागको आज काठमाडौँ विश्वविद्यालयका डिन प्राडा मनोज हुमागाईंले शुभारम्भ गरे ।
काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा. हुमागाईंले यो उपचार पद्धतिलाई शैक्षिक कार्यक्रमसँग जोडेर अगाडि बढ्ने बताए । न्यूरो मस्कुलर डेन्टिस्ट्रीलाई हाल सञ्चालन गरिँदै आएको विडिएसु र एमडिएस कार्यक्रमसँग समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा शतिश देवले उक्त विभागमार्फत केनियोफेसियल सर्जरी, नाक, कान, घाँटी स्लिप मेडिसिन,न्यूरोलोजी, अर्थोडोन्टिक्सुलगायत अन्य दन्त सेवा प्रदान गर्ने भएकाले बिरामीको उपचारका लागि उपयोगी हुने उल्लेख गरे ।
अस्पतालका अध्यक्ष डा. बुद्धिमान गुरुङले अनुहारको हाडजोर्नी, मोटोपन वा अन्य कारण घुर्ने, टाउको अनुहार दुख्ने, दाँत एवम् अनुहारको आकृति नमिलेको तथा खेलकुदसम्बन्धी दन्त चिकित्सा जस्ता समस्याको उपचारका लागि उक्त विभाग स्थापना गरिएको जानकारी दिए । विभागले शल्यक्रिया तथा शल्यक्रिया बिना नै उक्त रोगको उपचार गर्नेछ । उक्तुडेन्टिष्ट्री विभागमा दन्त चिकित्सक डा अङ्कित शाह, डा प्रतीक्षा श्रेष्ठ, वरिष्ठ क्रेनियोफेसियल सर्जनु डा. सुमित सिंह, राइट बाइटका संस्थापक डा. राजेश रबिन्दनाथलगायत आबद्ध रहेको छ ।
नेपालमा करिब १० मध्ये चारजनामा अनुहारको हाडजोर्नीसम्बन्धी समस्या देखिने गरेको छ । यस्ता समस्या भएका बिरामी अधिकतम हाडजोर्नी, नशा तथा नाक, कान, घाँटी विभागमा पुग्ने गरेका छन् । यस्ता बिरामी लक्षित गरी उपचार सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।
प्रकाशित समय : २०:५० बजे


















