गृहपृष्ठ ट्राफिक प्रहरीको लापसे चेकिङ : ९ चालक नियन्त्रणमा
ट्राफिक प्रहरीको लापसे चेकिङ : ९ चालक नियन्त्रणमा
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ चालकलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।
बागमति प्रदेश ०१-००६ ख ६६६३ नम्बरका बस चालक तनहुँ घर भएका ३० वर्षिय केशर नेपाली, बागमति प्रदेश ०१-००६ख ६५४१ नम्वरका मिनि बस चालक तनहुँकै ३० वर्षिय सत्रक बहादुर भुजेल , बा ३ ख ५६४८ नम्बरका बस चालक काठमाडौं दहचोकका २४ वर्षिय युवराज बुढाथोकी र प्रदेश ३-०१-००५ ख ९८३१ नम्वरका बस चालक नुवाकोट घर भएका २८ वर्षिय टोप बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, बा ३ ख २८४० नम्बरका बस चालक धादिङका ३० वर्षिय राज कुमार राना क्षेत्री , बागमति प्रदेश ०१-००६ ख ५६९४ नम्वरका बस चालक सुनसरी घर भएका ४० वर्षिय राजेश शर्मा प्याकुरेल , बा २ ज २३९ नम्वरका ट्याक्सी चालक काठमाडौं दहचोकका ३६ वर्षिय राजन उप्रेती , ना ६ ख ७६४ नम्वरका ट्रक चालक मकवानपुरका २९ वर्षिय आशिष थापा र ना ८ ख ५३२८ नम्वरका ट्याङ्कर चालक मकवानपुरकै ३३ वर्षिय संजिव थिङ लाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव,म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ । नागढुङगामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ९ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
प्रकाशित समय : २०:२० बजे



















