global ime bank Long Banner Ad

गृहपृष्ठ अज्ञात समूहको गोली लागेर क्याम्पस प्रमुखको मृत्यु

अज्ञात समूहको गोली लागेर क्याम्पस प्रमुखको मृत्यु

अज्ञात समूहको गोली लागेर क्याम्पस प्रमुखको मृत्यु

बाराको आदर्श कोतवाल नगरपालिका-३ मा अज्ञात समूहले चलाएको गोली लागेर क्याम्पस प्रमुखको मृत्यु भएको छ । शुक्रबार गोली लागेर रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल-२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले बताए ।

यसअघि गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु