global ime bank Long Banner Ad

गृहपृष्ठ जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिवाना र ४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु