काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउने नागरिकको तत्कालै हुन्छ सम्बोधन

4.16K
shares

सामान्य नागरिकका लागि पहुँच बाहिर बन्ने गरेको सिंहदरबारभित्रको गृह मन्त्रालयमा आजभोलि दैनिक झण्डै ५० भन्दा बढी व्यक्ति आफ्ना समस्या लिएर पुग्ने गरेका छन्

। रवि लामिछाने गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेदेखि मन्त्रालयको ढोकैमा ‘हेल्प डेस्क’को व्यवस्था गरेका छन्, जहाँ उनका सचिवालयका सदस्यहरू, कानुन व्यवसायीहरू पीरमर्का लिएर आएका सर्वसाधारणको समस्या समाधान गर्न खटिने गरेका छन् ।

 

सवारी दुर्घटनामा परेकी र दुर्घटना गराउने चालकबाट उपचार खर्च नपाएकी एक पीडित महिला बुधबार वैशाखी टेक्दै गृह मन्त्रालय पुगेकी थिइन् । मन्त्री लामिछाने मन्त्रालयबाट बाहिरिने क्रममा ती महिलाले ढोकैमा भेटेर रुँदै आफ्ना समस्या सुनाइन् । प्रहरीले पनि आफ्नो कुरा नसुनेको र दुर्घटनामा संलग्न गाडी काठमाडौँ–सिन्धुली–झापा सडकमा गुडिरहे पनि प्रहरीले नसमातेको गुनासो उनले लामिछानेसँग गरिन् ।

मन्त्री लामिछानेले उनको समस्या सुन्दै ‘हेल्प डेस्क’मा रहेका सचिवालय सदस्यहरूले समस्या समाधानका लागि काम गर्ने बताए । लामिछानेलाई गेटमा अन्य केही व्यक्तिले मिटरव्याजीबाट दुःख पाएको गुनासो सुनाए । उनीहरूलाई ‘हेल्प डेस्क’मा केहीबेर बस्न आग्रह गर्दै समाधानका लागि पहल हुने बताएर लामिछाने निस्किए ।

गृहमन्त्री लामिछानेका सचिवालय सदस्य आशिष थापाले उनीहरूको समस्या टिपे । उनले झण्डै १ वर्ष अगाडितिर सवारी दुर्घटना भएको स्थल सिन्धुली प्रहरी कार्यालयमा फोन गरेर घटना विवरण बुझे । दुर्घटना गराउने बस अहिले चलिरहेको भए त्यसलाई समाएर अनुसन्धान गर्न उनले प्रहरीलाई आग्रह गरे । थापाले फोन गरेको १५ मिनेटमा उक्त माइक्रो बस र सवारी चालक समातिएको जानकारी मन्त्रालयमा पुग्यो ।

ती महिलाजस्तै अन्य व्यक्ति पनि गृह मन्त्रालयमा विभिन्न खालका समस्या लिएर पुगेका थिए । ‘हेल्प डेस्क’ले उनीहरूका गुनासो सुन्दै कहाँबाट समस्या उत्पन्न भएको हो, सम्बन्धित निकायमा फोन गर्दै त्यसको सत्यतथ्य बुझ्दै समाधानका लागि पहल गरिरहेका थिए ।