global ime bank Long Banner Ad

गृहपृष्ठ प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी ह्यातको ३९ प्रतिशतले नाफा बढ्यो

प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी ह्यातको ३९ प्रतिशतले नाफा बढ्यो

प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी ह्यातको ३९ प्रतिशतले नाफा बढ्यो

प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी ह्यात ले ३९ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

ह्यात सञ्चालक कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो ।

वित्तीय विवरणअनुसार ह्यातले पछिल्लो नौ महिनामा ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्ममा भने ह्यातले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी १२ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलले १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब १ करोड रुपैयाँ थियो ।

होटलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १६ रुपैयाँ ९९ पैसा कायम छ ।

गत वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रूपैयाँ २४ पैसा रहेकोमा यस वर्ष १३७ रुपैयाँ १९ पैसा कायम छ ।

 

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु