global ime bank Long Banner Ad

गृहपृष्ठ यो बर्खामा पनि मेलम्चीको पानी काठमाडौं नआउने,नौपटक उद्घाटन हुँदा पनि आएन पानी

यो बर्खामा पनि मेलम्चीको पानी काठमाडौं नआउने,नौपटक उद्घाटन हुँदा पनि आएन पानी

यो बर्खामा पनि मेलम्चीको पानी काठमाडौं नआउने,नौपटक उद्घाटन हुँदा पनि आएन पानी

काठमाडौं उपत्यकामा आइरहेको मेलम्ची खानेपानी वर्षा सुरु भएपछि नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा पानी सुरुङमार्फत पठाउन प्रयोग हुने मुख्य स्थान हेडवर्क्स नै स्थायीरूपमा निर्माण गर्न नसक्ने भएपछि बाह्रै महिना मेलम्ची पानी उपत्यका ल्याउने योजना अधुरो हुने देखिएको हो ।

मेलम्ची पानी आएको भन्दै सरकारले उद्घाटन मात्रै नौपटक गरिसकेको छ । राष्ट्रिपतिदेखि प्रधानमन्त्रीसम्मले मेलम्ची आयोजनाको नौपटक उद्घाटन गरिसकेका हुन् ।

पटक(पटक उद्घाटन गरेर सरकारमा भएका नेताले भाषण गरे पनि उपत्यकाका जनतालाई बाह्रै महिना पानी खुवाउन सरकार असफल देखिन्छ ।

२१ असार २०७७ मा पहिलो पटक मेलम्ची पानी काठमाडौं ल्याउन सुरुङमा खसालिएको थियो । त्यतिबेला सिन्धुपाल्चोक मेलम्चीस्थित मुहानमा प्रमुख जिल्ला अधिकारी सहितको सहभागितामा औपचारिक कार्यक्रम गरिएको थियो ।

पछिल्लोपटक १ माघ २०८० मा प्रधानमन्त्री प्रचण्डले सिंहदरबार परिसरभित्र धारो खोलेर मेलम्चीको पानी वितरण उदघाटन गरेका थिए । त्यस्तै तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । तर, एक सातामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब आठ महिना लाग्यो ।

त्यसपछि १० फागुन २०७७ मा तत्कालनि खानेपानीमन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्ची मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरण शुभारम्भ गरेका थिए ।

२२ फागुन २०७७ मा सुन्दरीजल आइपुगेको पानी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेर बागमती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

त्यतिबेला सुरुङ खाली गरेर सुपरीवेक्षण र सुधारको काम नगरी सरकारले हतारमा पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का कर्मचारीले औपचारिक कार्यक्रममा पानीपोखरीको साँचो खोलेर मेलम्ची पानी वितरण सुरु गरेका थिए ।

त्यसको एक सातापछि २३ चैत २०७७ मा काठमाडौं भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्य उद्घाटन गरेकी थिइन् ।

तर, राष्ट्रपतिबाट उद्घाटन भएको साढे दुई महिनापछि १ असार २०७८ मा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पारेको थियो । अस्थायी बाँध बनाइसकेपछि १९ चैत २०७८ मा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची मुहान पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्य शुभारम्भ गरेका थिए ।

चौधरीले ११ वैशाख २०७९ मा केयूकेएलको मिनभवनस्थित पानी ट्यांकीमा पुगेर खानेपानीको भल्भ खोलेर औपचारिक रूपमा काठमाडौंमा पुनः वितरण थालेका थिए ।

२३ मंसिर २०७९ पनि चौधरीले मिनभवनस्थित त्यही पानी ट्यांकीमा पानीको साँचो घुमाएर पुनः वितरण शुभारम्भ गरेका थिए । १ माघ २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरमा इँटाको बुट्टा प्रिन्ट गरिएको फ्लेक्सलाई भित्तो बनाएर त्यसमाथि जोडिएको धारा खोलेका थिए

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा मेलम्ची आयोजनाको अस्थायी मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । तर, यो पटक पनि वर्षामा पानी नआउने पक्कापक्की भएको छ । ३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पुर्‍याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्ची पानी ल्याउने नमिल्ने अयोजनाले नै जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाढीले क्षति पुर्‍याएपछि अहिले अस्थायी हेडवर्क्स मार्फत पानी सुरुङबाट पठाइरहेको छ ।

‘अहिले विकल्पका रूपमा रहेको हेडवर्क्सबाट काम चलाउ मात्रै पानी पठाइरहेको छौं । बाह्रै महिना पानी पठाउन सुरक्षित स्थानमा हेडवर्क्स सार्नुपर्छ । त्यसका लागि सरकारले निर्णय गर्नुपर्छ । त्यसपछि फेरि नयाँ स्थानान्तरण हुने स्थान अध्ययन हुन्छ र लागत अनुमान, निर्माण हुने मिति थाहा हुन्छ,’ पन्तले  न्युज कारोबारसँग भने, ‘अनि मात्रै निर्माणका लागि ठेक्का दिएर काम सुरु हुन्छ । यो वर्ष अहिलेसम्म स्थानान्तरण हुने निर्णय नभएकाले पानी वर्षामा आउने सम्भावना छैन ।’

पन्तका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी उपत्यकामा आइरहेको छ । १ असार २०७८ मा बाढी आउनु अगाडि आयोजनाको हेडवर्क्स तयार हुनासाथ बाढीले क्षति पुर्‍याएपछि अस्थायी संरचना निर्माण गरेर पानी सुरुङमार्गमा पठाउने गरिएको थियो ।

गत २८ र २९ साउनमा आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्‍याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो । वर्षायाम सुरुवातसँगै बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द गर्नुपरेको  हो ।

आयोजना नियमित सञ्चालन गर्न हेर्डवक्र्स नै अन्यत्र सार्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु