काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भक्तपुरको आदर्शमा चारदोवाटो कायम गरिराख्न माग

6.89K
shares

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा चारदोवाटो कायम गर्न माग गरिएको छ । शनिबार आदर्श चोकमा खुल्ला जानकारी सभा गरी यसबारे सरोकारवालाहरुलाई जानकारी गराइसकेको जनायो ।

आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका उनीहरुले सोही समितिको आयोजनामा चोकमा सभा गरेको हो । सिपाडोल मुलबाटो र भक्तपुर नगरपालिका वडा नं ५ र ७ वीचको चारदोवाटो खुल्ला राख्न मागसहित आफूहरुले गरेको र्सघर्षहरुबारे टोलबासीहरुलाई जानकारी दिन यस सम्वन्धी जानकारी सभा भएको हो ।

यसअघि स्थानीयले आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न मागसहित आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका थिए । आदर्श चोकलाई चारदोवाटो नै कायम गरिराख्न माग गर्न समिति गठन गरिएको हो ।

समितिले आदर्श चोकलाई राजमार्ग विस्तारपछि चोक नभई बार लगाएर आवतजावत गर्न तीन तीन सय मिटर जानुपर्ने बनाई आवातजावत वन्दको योजना बनाएपछि चोक वन्द नगर्न माग गर्दै आएको छ । यही शिलशिलामा भएका काम कुराहरुबारे जानकारी दिन सभा गरेको हो ।

समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं. ४ का निवर्तमान अध्यक्ष कुमार चवाल रहेका छन् । समितिमा सूर्यविनायक नगरपालिका वडा नं ८ का स्थानीयबासी मणिरत्न बज्राचार्य सचिव रहेका छन् । कार्यसमिति १५ सदस्यीय रहेको छ ।

सभामा वागमति प्रदेशका सांसद किरण थापा, समितिका अध्यक्ष कुमार चवाल, सचिव मणिरत्न बज्राचार्यलगायतले चारदोवाटो कायम गर्न समितिले गर्दै आएका विभिन्न संघर्षका कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।

अरनिको राजमार्ग अन्तर्गर्त सूर्यविनायदेखि धुलिखेलसम्मको सडक विस्तार कार्य हाल जारी छ । यही क्रममा सूर्यविनायकदेखि जगातीकोवीचमा रहेको आदर्श चोकमा चारदोवाटो बन्द गरी आवतजावत गर्न नदिने गरी बार लगाउने इष्टमेट भएको जनाइएको छ ।

समितिका अध्यक्ष कुमार चवालका अनुसार चारदोवाटो बन्द नगर्न माग गर्दै आयोजनाको कार्यालय धुलिखेल, भक्तपुर र सूर्यविनायक नगरपालिकाका प्रमुखहरुलगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण बुझाइसकिएको छ । साथै सांसद प्रेम सुवालमार्फत् संसदमा पनि यस विषयमा आवाज उठिसकेको छ ।