काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘कर्णाली किड्स कप २०८१’ मा सेमी फाइनलका खेल सम्पन्न

5.69K
shares

हुम्लाको अदानचुली गाउँपालिकामा शुक्रबारदेखि जारी ‘कर्णाली किड्स कप २०८१’ अन्तर्गत आज सेमी फाइनलका खेल सम्पन्न भएका छन् ।

सेमिफाइनमा जनकल्याण आधारभूत विद्यालय र छत्रपाल आधारभूत विद्यालयबीच भएको खेलमा छत्रपाल आधारभूत विद्यालय २–० गोलले विजयी भएको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराज महताराले जानकारी दिए ।

यस्तै मष्टादेव प्राथमिक विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच भएको खेलमा सुर्योदय ७–१ गोलले विजयी भयो । अब मङ्गलबार छत्रपाल आधारभूत विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच प्रथम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो ।