काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

धार्मिक पर्यटक भित्र्याउन मेला

2.37K
shares

धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित चितवनको इच्छाकामना–२ मायाटार पन्थचुलीमा अवस्थित बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर परिसरमा आज साँझदेखि मेला लाग्ने भएको छ । हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा मेला लाग्दै आएको छ ।

स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिरको प्रचार–प्रसारमा मेला सहयोगी हुनसक्ने विश्वास लिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष सुरेश गुरुङले बताए। मेलामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए । अनुसार आज साँझबाट सुरु भई मङ्गलबार विहान पञ्चबलिसहितका फूलको डोली भित्र्याएर पूजाआजा गरेपछि प्रसाद ग्रहण गरिन्छ र दिनभर नाचगानसहित मेला लाग्ने छ ।

हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ, गोरखालगायत जिल्लाबाट पूजाआजा गर्न र मेला हेर्न आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान मागेमा प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गइरहेको यस मन्दिरमा धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी हुँदै जान सकिन्छ ।

पछिल्लो समय सडक स्तरोन्नतिसँगै मन्दिरसम्म पुग्न सहज बनेको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । मन्दिरसम्म पुग्न सिँढी बाटो निर्माण गरिएको बताए । साथै गाउँपालिका र वाइनटुवाटरको सहकार्यमा मन्दिरमा लिफ्टिङ प्रविधिबाट पानी पुर्याइएको बताए । मन्दिर परिसरमा विद्युत् जडानसमेत गरिएको छ ।