काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ

3.15K
shares

हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए ।

विगतमा पानी अभावका कारण दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । चैतको अन्तिम सातादेखि हिउँ पग्लिएर पानी बढेपछि विद्युत् उत्पादनमा वृद्धि भएको भनाइ छ ।

सो केन्द्रले जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ ।  पाँच सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको पावर हाउसले पानीको मात्राअनुसार न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ ।

अहिले भने दैनिक एक सय ५० किलोवाट विद्युत् उत्पादन हुने गरेको वितरण केन्द्रले जनाएको छ । लोडसेडिङको समय घटाएपछि वितरण केन्द्रको पहुँच क्षेत्रका तीन हजारभन्दा बढी उपभोक्तालाई दैनिक सेवा प्रवाहमा सहज भएको छ ।