काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदर घट्यो, डेटा प्रयोगकर्ता स्थीर

4.54K
shares

नेपालमा टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदरमात्रै घटेको पाइएको छ । सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा इन्टरनेट खपतको वृद्धिदर पछिल्लो चार महिनादेखि स्थीर रहेको इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘टिकटक प्रयोकर्ता सक्रिय हुँदा नेपालमा करिब १.८ टेराबीट इन्टनरनेटको खपत हुन्थ्यो । त्यसपछि प्रयोगकर्ताले अरु माध्यम प्रयोगकर्ताले अरु विकल्प खोजेकोले प्रयोग घटेको छैन तर वृद्धिदर भने स्थीर देखिएको छ ’ पराजुली भने ।

टिकटकको विकल्पमा प्रयोगकर्ताले अरु सामाजिक सञ्जालहरु खोजेकाले नेपालमा इन्टरनेटको खपत भने नघटेको पराजुलीको दाबी छ ।

‘मेरो आफ्नै कम्पनी सुविसुको कुरा गर्ने हो भने दैनिक खपत घटेको देखिएको छैन’ उनले भने ।

अरु सेवाप्रदायकका प्रयोगकर्ताको पनि डाटा खपत नघटेको जानकारी आफूले पाएको उनले बताए ।

नेपालमा प्रयोगकर्ताले टिकटकको एक्सेस गर्न भिपीएन सहितको विकल्प खोजेकोले यस अघि प्रयोग हुने टिकटक वापतको व्याण्डविथ अरु माध्यमबाटै पूरा भएको आइस्पानको भनाइ छ ।

नेपालमा टिकटक नहुँदाको अवस्थामा सुविसुको इन्टरनेट खपत हेर्ने हो भने झन् बढेको उनको दाबी छ । अरु सेवाप्रदायको पनि पक्कै बढेको हुनुपर्ने उनले अनुमान गरे ।

पछिल्लो समय इन्टरनेटको खपत घटेको नभएर समग्रमा हेर्ने हो भने १० प्रतिशतले अरु माध्यमबाट टिकटक एक्सेस गर्न खोजेका कारण बढेको अनुमान पनि उनको छ ।

नेपालमा टिकटक सरकारले बन्द गरेको अवस्थामा यसलाई चलाउन सकिन्छ भन्ने समाचार र सूचना बढी प्रवाह भएकोले प्रयोगकर्ता थप बढेको हुनसक्ने उनी बताउँछन् ।

सरकारी सेवाप्रदायक नेपाल टेलिकमका प्रवक्ता हरि ढकाल पनि इन्टरनेट खपतको वृद्धिदर घटेको तर खपतमा कुनै कमी नआएको दाबी गर्छन् । ‘टिकटकको विकल्पमा अरु माध्यम प्रयोग भएको, टिकटमा अभ्यस्त भएका प्रयोगकर्ताले फेसबुकको रील प्रयोग गर्न थालेको सहितका कारण पनि टेलिकमको डाटा प्रयोगमा वा आम्दानीमा कुनै प्रभाव नपरेको छैन’ उनले भने ।