काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होलिको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य

5.04K
shares

भारतीय दूतावासको आयोजनामा फागुपूर्णिमा(होली) पर्वको पूर्वसन्ध्यामा देशको पर्यटकीय राजधानी सहर पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्यसहितको एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय राजदूतावास सहित काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त आयोजनामा शनिबार साँझ पोखराको बाराहीघाटमा पाँच सयभन्दा बढीको सहभागितामा ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै साँस्कृतिक कार्यक्रम गरिएको हो ।

श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रङ प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्य प्रस्तुत गरिएको हो । यसका साथै नोपली लाखे नृत्यसँगै लोक नृत्य प्रदर्शन गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय दुतावासका अधिकारी, गण्डकी प्रदेश सरकार र कास्कीस्थित स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको बताए । उनले यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे ।

भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे उल्लेख गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे ।

काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले गत चैत ९ गते काठमाडौंमा आफ्नो पहिलो प्रस्तुती दिएको थियो ।

टोलीले चैत ११ गते लुम्बिनी, चैत १३ गते वीरञ्ज र चैत १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । ओडिसी भारतको उडिसा प्राप्तको एक शास्त्रीय नृत्य हो ।