global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य सेवाको अधिकृत स्तरका कर्मचारीको उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश

स्वास्थ्य सेवाको अधिकृत स्तरका कर्मचारीको उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश

स्वास्थ्य सेवाको अधिकृत स्तरका कर्मचारीको उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

बिहीबार नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा फैसला गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरूले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु