गृहपृष्ठ एकैजना व्यक्ति दुईवटा वित्तीय संस्थाको संचालकमा बस्न नपाइने
एकैजना व्यक्ति दुईवटा वित्तीय संस्थाको संचालकमा बस्न नपाइने
अब एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै उकै व्यक्ति दुई वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गर्न लागेको हो।
अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार अन्य बैंक तथा वित्तीय संस्थाको सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकको भने सञ्चालक बन्न सक्ने व्यवस्था छ। ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन सक्ने व्यवस्था छ।
अर्थमन्त्रालयले यो व्यवस्थालाई पुरै हटाउने प्रस्ताव गरेको छ। कुनै पनि एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्थ गर्न आवश्यक भएकोले सो व्यवस्था हटाउन लागिएको अर्थमन्त्रालयले जनाएको छ। सो विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। प्रतिनिधिसभाबाट बहुमतले पारित भएमा अन्य बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको ब्यक्ति पुर्वाधार विकास बैंकको सञ्चालक समितिमा बस्न पाउने छैनन्।
प्रकाशित समय : १७:०७ बजे



















