global ime bank Long Banner Ad

गृहपृष्ठ किएभमा रूसी क्षेप्यास्त्रद्वारा आक्रमण, कम्तीमा १३ जना घाइते

किएभमा रूसी क्षेप्यास्त्रद्वारा आक्रमण, कम्तीमा १३ जना घाइते

किएभमा रूसी क्षेप्यास्त्रद्वारा आक्रमण, कम्तीमा १३ जना घाइते

युक्रेनको राजधानी किएभमा बिहीबार रूसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएको किएभ नगर सैनिक प्रशासन (केसीएमए) ले जनाएको छ ।

मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोशिन्की जिल्लामा रहेका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्रद्वारा आक्रमण भएपछि यसबाट भवन र वरपरका क्षेत्रमा समेत क्षति पु¥याएको छ ।

आक्रमणपछि मध्य पोडिल्स्की जिल्लामा रहेको एक ट्रान्सफर्मर सबस्टेसनमा आगलागी भएको थियो ।

रूसी सेनाले बुधबार राति युक्रेनविरुद्ध इस्केन्डर–एम र किन्झाल नामक दुई ब्यालेस्टिक क्षेप्यास्त्र तथा ११ टीयू–९५ एमसी बमवर्षक विमानबाट २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको वायु सेनाले जनाएको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु