गृहपृष्ठ कुमारी बैंकको ४७ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको ४७ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले पहिलो चरणमा आफ्ना विद्यमान संस्थापक शेयरधनीलाई मात्रै शेयर खरिदको अवसर दिएको हो।
बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा काठमाडौंको टंगालस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
बिक्रीमा राखिएको शेयरको मूल्य सम्बन्धित विक्रेता संस्थापक शेयरधनीले निर्धारण गरेबमोजिम हुने बैंकले जनाएको छ।
बैंकका अनुसार तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।
यससँगै कुमारी बैंकले संस्थापक समूहको शेयर स्वामित्व हस्तान्तरणका लागि आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ।
प्रकाशित समय : १७:२० बजे


















