गृहपृष्ठ थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला
थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला
काठमाडाैँ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।
शिशुलाई काँडाबारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। ती शिशुलाई लिएपछि प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पनि शिशुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले शिशुलाई लिएर बेपत्ता हुने महिलालाई पक्राउ गरे पनि उनको परिचय भने खुलाएको छैन। ती महिलाले शिशु लैजानुको कारण पनि खुलेको छैन।
शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।
शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाडाैँमा उजुरी दिएकी थिइन् ।
उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेकी थिइन् । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।
सीसी टीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा महिला फेला परेकी हुन्।
प्रकाशित समय : ०७:५३ बजे


















