काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनी प्रदेशसभाको तेस्रो बैठकलाई प्रधानमन्त्रीले संबोधन गर्ने

6.13K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशसभाको तेस्रो बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

हिउँदे अधिवेशनको १९ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । बुधबार चौधरी र प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले दाहाललाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिएका छन् ।

हिउँदे अधिवेशन १८ फागुनबाट सुरु हुने छ । पहिलो दिनको बैठकमा प्रदेशसभामा रहेका सबै दलका नेताहरुले हिउँदे अधिवेशनको शुभकामना दिनेछन् ।

प्रधानमन्त्री दाहालको सम्बोधनसँगै प्रदेशसभामा संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने अहिलेसम्मको कार्यसूची रहेको बताइएको छ ।