global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ।

फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो।

दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीय बासी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि स्नात नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। इशनाथ नगरपालिकाको पूर्वमा जोकाहागाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश जारी गरेको हो।

साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। सो क्षेत्रमा आवतजावत गर्न नपाउने, भेला तथा जुलुस गर्न नपाउने, प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु