काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

4.64K
shares

क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले ब्याटिङ रोजेपछि क्यानडाले बलिङ गरिरहेको छ । आजको सिरिजमा दुवैट टोली जित निकाल्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।