काठमाडौं धुम्म, दिउँसो वर्षा हुने
वि.सं.२०८० माघ २२ सोमवार ०८:५५
shares

बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएसँगै काठमाडौं उपत्यका धुम्मिएको छ । हुस्सु र कुहिरोले ढाकेपछि काठमाडौंमा चिसो बढेको छ । काठमाडौंमा घाम नलागेपछि अन्य दिनको तुलनामा जाडो महशुस भएको छ ।
मौसमविद्का अनुसार काठमाडौँ उपत्यकाको मौसम आज आंशिक बदली देखिएकाले दिउँसोपख घाम लाग्ने सम्भावना पनि छ । काठमाडौंमा वर्षाको सम्भावना भने कम छ, वर्षा भयो भने दिउँसोतिर छिटपुटसम्म हुनसक्छ ।
हिजो दिउँसो काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको थियो । पश्चिमी वायु सक्रिय भएसँगै उच्च भेगमा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा कम वर्षा भएको छ ।

























