काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंमा तास खेलिरहेका आठ जना पक्राउ

5.29K
shares

काठमाडौं – काठमाडौंमा तास खेलिरहेका आठ जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नागार्जुन नगरपालिका–३ स्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ। पक्राउ पर्नेमा नागार्जुन–३, सिंगल ट्रीका २६ वर्षीय रविन पुतुवारसहित आठजना छन्।

नगद एक लाख ३६ हजार ३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।