काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सम्राट अशोकले नखोलेको रामग्राम स्तुपा प्रचण्डका घरबेटीलाइ खोल्न दिइयाे : ओली

5.12K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतमबुद्दको अस्तु माथी पनि भ्रष्टचार गर्न खोजिएको बताएका छन ।

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले बुद्धको अस्तु समाधिस्थ गरिएको रामग्रामको स्तुपा क्षेत्र उत्खनन गर्न दिने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योजना अनुसार गरेकोसमेत बताए ।

‘सम्राट अशोकले २३ सय वर्ष अघि पनि नखोलेको रामग्रामको स्तुपा अहिले प्रधानमन्त्रीले सेटिङमा खोल्ने ठेक्का लगाउनु भयो,’ ओलीले भने, ‘घरबेटीको छोराको नाममा कम्पनी खोलेर एउटा एउटा इँटाको महत्त्व भएको ठाउँलाई अहिले ठेक्कामा दिने काम भइरहेकाे छ’ उनले भने ।

‘त्यो खोल्ने कार्य देश विकासको लागि होइन, देशको समृद्धिको लागि होइन, आफ्नो विकास र समृद्धिको लागि पहिलेदेखि नै योजना बनाएको थियो, त्यही अनुसार काम गरिदैँछ,’ ओलीले भने।

ओलीले सो स्तुपा क्षेत्र डोजर वा गैँची लगाएर नभई युनेस्कोको उपस्थितिमा साना ब्रस लगाएर संरचना नभत्किने गरी उत्खनन गर्नुपर्नेमा सरकारले मनलाग्दी गर्न खोजेकोसमेत बताएका छन ।

बैङ्कको लकरमा राखिएको सम्पत्तिमा बुलेट भेटिने ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनुको रहस्य अहिले खुलेको ओलीको भनाइ छ । लामालाई लुम्बिनीको विकास गर्न होइन, रामग्रामबाट विकास आफूतर्फ सोझ्याउन उपाध्यक्ष बनाउने काम भएको उनको भनाइ छ ।ओलीले पुरातत्त्व विभागलाई पनि लटरपटर गरेर जागिर खाने काम नगर्न चेतावनी दिए ।