काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटनाः२ जनाको मृत्यु
वि.सं.२०८० माघ ८ सोमवार ०८:०४
shares

प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस दाङको लमही नगरपालिका–९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेका छन् । बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार जारी छ ।
मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

























