काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाओमीले घटायो ‘रेड्मी १२ सी’को मूल्य, अब कतिमा आउँछ मोबाइल ?

5.84K
shares

शाओमीले अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुशी थप्‍न स्मार्टफोन ‘रेड्मी १२ सी’ को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरूलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उदेश्यले ‘रेड्मी १२ सी’मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ ।

‘अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनका लागि ‘रेड्मी १२ सी’ को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौँ र हामी विश्वस्त छौँ कि ‘रेड्मी १२ सी’ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्‍चालित ‘रेड्मी १२ सी’ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ ।

‘रेड्मी १२ सी’मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ’ उनले भने ‘मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१ याच डी+ डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४/७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ’ उनले भने ।

शाओमीका अनुसार ‘रेड्मी १२ सी’ म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी + ६४ जीबी र ६ जीबी + १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।
रेडमी १२ सी ४+६४ जीबी –वास्तविक मूल्य रु १४,४९९ र छुट मूल्य रु १२,९९९ रहेको शाओमीले जनाएको छ ।

रेडमी १२ सी ६+१२८ जीबी –वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५,९९९ रहेको छ । रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध शाओमीले जानकारी दिएको छ ।