काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीको निर्देशनपछि गाउँपालिकाले रद्द गर्यो सार्बजनिक बिदा

5.4K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि रामेछापको सुनापति गाउँपालिकाले विहिबारको सार्बजनिक बिदा रद्द गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफू सहभागी कुनै पनि कार्यक्रमलाई लक्षित गरेर सार्वजनिक बिदा नदिन निर्देशन दिएपछि गाउँपालिकाले बिदा रद्द गरेको हो ।

यस अघि गाउँपालिकाले प्रधनमन्त्री प्रचण्डले विहिबार गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने अवसरमा स्थानीय सार्बजनिक बिदा दिने घोषणा गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले विहिबार रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न कार्यक्रम रहेको छ ।