राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निम्ताे
वि.सं.२०८० पुस १५ आइतवार ११:३९
shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षको शुभकामना दिएका छन्।
भ्लादिमिर पुटिनले आफ्नो सन्देशमा विश्वमा चुनौतीपूर्ण परिस्थितिका बाबजुद भारत र रुसबीचको सम्बन्ध अगाडि बढिरहेको कुरामा जोड दिएका छन्।
उनले सन् २०२३ मा दुई देशबीचको सम्बन्धमा उल्लेख्य प्रगति हुने र द्विपक्षीय सहयोग अभिवृद्धि हुने पनि बताएका छन्।
राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुस भ्रमणको निम्तोसमेत दिएका छन्।
उनले द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न र क्षेत्रीय तथा विश्व स्तरमा सुरक्षा र स्थायित्व अभिवृद्धि गर्न दुई देशबीचको सहकार्य महत्वपूर्ण रहेको पनि बताए।
राष्ट्रपति पुटिनले डिसेम्बर २५ देखि २९ सम्म रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग डिसेम्बर २८ मा कुराकानी गरेका थिए। उक्त भेटमा पुटिनले युक्रेनलगायत धेरै जटिल वैश्विक मुद्दाहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रचनात्मक अडानबारे छलफल गरेका थिए।
रुस र युक्रेनबीचको विवाद ‘शान्तिपूर्ण माध्यमबाट’ समाधान गर्न प्रधानमन्त्री मोदीले सक्दो प्रयास गर्न तयार रहेको पुटिनले बताए ।

























