काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन

5.94K
shares

बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ ।

शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलयका अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदा हुँदै पनि युवाहरूले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताएका छन् । उनले दुई युवाहरूको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरे ।

उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरे ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई शहीद घोषणा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।