काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनतामा सकरात्मक प्रभाव पर्ने काम गरिरहेका छौँ : प्रधानमन्त्री

5.73K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेगरी सरकारले विकास, सेवा र सुशासनको क्षेत्रमा काम गरिहेको दाबी गरेका छन्। त्यसका लागि आफूले पनि आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरेको उनले बताए।

१३१ औँ माओ दिवसका अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूले जनतालाई परिणाम दिनेगरी काम गरिरहेको दाबी गरे।

 

‘गहिरोगरी हेर्ने हो भने, हामीले एक वर्षको अवधिमा गरेका कामका केही नयाँ रेकर्डहरु बनेका छन्,’ उनले भने, ‘अर्को वर्ष हाम्रै नेतृत्वका सरकारले विकास, सेवा, सुशासन र सामाजिक न्यायको क्षेत्रमा नयाँ रेकर्डहरु निर्माण गर्नेछ।’

उनले आफूले सबै मन्त्रालय, मन्त्री र सचिवहरुले काम गरे(नगरेको निगरानी सुरु गरेको बताए। त्यसका लागि हरेक दिन आफैँ सिंहदरमा गएर अनुगमन गर्ने गरेको उनको भनाइ छ।

प्रचण्डले आफूले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेको र त्यसको अन्तिम तयारी भइरहेको जानकारी दिए। आफ्नो सम्बोधनमा मुख्यतः एक वर्षमा सरकारले गरेका कामको विषयमा जनतालाई जानकारी गराउने, नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्ने, परंपरालाई तोडेर समृद्धिको यात्रामा कसरी अगाडि जाने भन्ने विषयमा संकल्प गरिने बताए।

उनले माओवादीकै नेतृत्वमा मुलुकमा समृद्धि हाँसिल हुने दाबी गरे। ‘जनवादी क्रान्तिको नेतृत्व माओवादीले गर्यो, अहिले समाजवादको भ्रुणहरु रोप्ने काम पनि माओवादीले गरिरहेको छ,’ उनले भने।

माओत्सेतुङले चिनियाँ क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा केही मौलिक विचारको विकास गर्दै चीनमा क्रान्ति सम्पन्न गरेको चर्चा गर्दै प्रचण्डले आफ्नो नेतृत्वको माओवादी जनयुद्धले पनि ठोस बस्तुको ठोस विश्लेषण गरेर मुलुकमा जनवादी क्राीन्तको नेतृत्व गरेको बताए।

‘नेपाली क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा थुप्रै अनुभवसहित यतिबेला हामी समाजवादको आधार तयार पार्ने अवस्थामा आइपुगेका छौँ,’ प्रचण्डले भने, ‘अहिले आईटी सेक्टरमा आएको क्रान्तिले विश्वमा नयाँ परिस्थिति सिर्जना गरेको छ। साम्राज्यवादीहरुले आइटीलाई नयाँ ढंगले अगाडि बढाएका छन्। त्यसलाई क्यास गर्दै हामी परिस्थितिलाई समाजवादतर्फ लैजान अग्रसर हुनुपर्छ।’

उनले माओवादीले विकास गरेको विचारले देशमा तागत सिर्जना गरेको बताए। ‘हामीले परिभाषित गरेको विचारले जनवादी क्रान्तिको रफ्तारलाई अघि बढायो,’ उनले भने, ‘समाजवादी क्रान्तिको लागि हामी अझै ठोस विचारमा पुगेका छैनौँ। अब पार्टीले त्यसको ठोस विचार विकास गर्नेछ।’