global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश पारित

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश पारित

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश पारित

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो ।

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

साथै, सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, नवनियुक्त सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको दिपक ढकाल एनआईसी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् । निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु