global ime bank Long Banner Ad

गृहपृष्ठ निगमद्वारा जहाज लिलामीका लागि बोलपत्र

निगमद्वारा जहाज लिलामीका लागि बोलपत्र

निगमद्वारा जहाज लिलामीका लागि बोलपत्र

नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

पौडेलले भने, “जहाज लिलाम बिक्रीका लागि आज गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । आउँदो फेब्रअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद रहेको छ ।” उनका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेडमा रहेका छन् ।

 

प्रकाशित समय : ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु