global ime bank Long Banner Ad

गृहपृष्ठ काँग्रेसको पहिलो मधेश सम्मेलनः बन्दसत्र सुरू

काँग्रेसको पहिलो मधेश सम्मेलनः बन्दसत्र सुरू

काँग्रेसको पहिलो मधेश सम्मेलनः बन्दसत्र सुरू

नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनअन्तर्गत शुक्रबार बन्दसत्र हुँदैछ। जनकपुरधामस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ।

बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रस्ताव पेश गर्दैछन् भने कोषाध्यक्ष प्रदिप यादवले आर्थिक प्रतिवेदन पेश गर्नेछन्। सम्मेलन ती प्रतिवेदनहरूमाथि छलफल गर्दै शुक्रबारै सम्पन्न हुनेछ।

सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट ८२५ प्रतिनिधि सहभागी रहेको सभापति कृष्णप्रसाद यादवले जानकारी दिए। बिहीबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए।

प्रकाशित समय : ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु