global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री दाहालले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् ।

यसअघि बिहान १० बजे प्रधानमन्त्रीले दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् ।

मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।

आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु