गृहपृष्ठ राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त
राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त
नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।
रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ।
सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ।
तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित समय : ०७:२३ बजे

















