काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा

5.86K
shares

स्पेनिस ला लिगा फुटबलमा जिरोना फेरि शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा अलाभेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो ।

जिरोनाका लागि अर्टम दोभविवाईकेले दुई तथा पोर्चुगुइस मान्जानेराले एक गोल गरेका थिए ।

जिरोनाका अर्टमले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मान्जानेराले ४२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५९औँ मिनेटमा अर्टमले पेनाल्टीमार्फत व्यक्ति दोस्रो गोल गर्दै जिरोनालाई सहज जित दिलाए ।

यो जितसँगै जिरोना १७ खेलबाट ४४ अंकसहित शीर्षस्थानमा छ । यसअघि ४२ अंकका साथ शीर्षस्थानमा रहेको रियल मड्रिड दोस्रो स्थानमा झरेको छ । तेस्रोस्थानको बार्सिलोनाको ३५ अंक छ । पराजित भएको अलाभेस १६ अंकसहित १३औँ स्थानमा छ ।