global ime bank Long Banner Ad

गृहपृष्ठ ३६ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो

३६ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो

३६ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो

सोमबार ओरालो लागेको शेर बजार आज भने बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १,९८५ दशलमव ४४ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको शेयर मुल्य बढेको छ भने २४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचक बढेका छन् । आज २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोडमाथिको शेयर कारोबार भउको छ । हिजो शेयर बजार घटेपनि कारोबार रकम भने ४ अर्बभन्दा माथि रहेको थियो ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु