global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन एभरेस्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले सो शेयर बिक्रीका लागि पुनर्बीमा कम्पनीको सञ्चालक समितिबाट स्वीकृत गराइसकेको जनाएको छ ।

लिलामी बिक्रीमा ल्याइएको शेयरका लागि हालका संस्थापक र नेपाली नागरिकले पनि ३५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३ सय रुपैयाँ नघट्नेगरी इच्छुकले आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख र अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ ।

शेयर बाँडफाँटका लागि हालका संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री गर्ने क्रम बढेको छ ।

प्रकाशित समय : १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु