global ime bank Long Banner Ad

गृहपृष्ठ यू–१९ एसिया कप क्रिकेट : भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

यू–१९ एसिया कप क्रिकेट : भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

यू–१९ एसिया कप क्रिकेट : भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाललाई ब्याटिङका लागि बोलाएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले राम्रो प्रर्दशन गर्न सकेन । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको नेपालले दोस्रो खेलमा अगफानिस्तानलाई ७३ रनको नतिजा सुम्पिएको थियो ।

प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ । दुवै हारले नेपालको नेट रनरेट समेत ऋणात्मक छ । यस समूहमा पाकिस्तान ४ अंक सहित शीर्ष स्थानमा छ । भारत र अफगानिस्तान समान २ अंक जोडेको क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु