global ime bank Long Banner Ad

गृहपृष्ठ इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा

इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा

इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराएकाे हाे।

जितसँगै ३७ अंक जोडेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए।

सलाह लिभरपुलका लागि २ सय गोल पूरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन्। क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो।

 

प्रकाशित समय : ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु