nmb bank

गृहपृष्ठ डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” विजेता बैतडीका थापालाई पुरस्कार प्रदान

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” विजेता बैतडीका थापालाई पुरस्कार प्रदान

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” विजेता बैतडीका थापालाई पुरस्कार प्रदान

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाडौं, बैतडीमा एक कार्यक्रमबीच थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजबबहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा व्यक्तिको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई हरेक हप्ता नगद एक लाख रुपैयाँ जित्ने र निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने जनाएको छ ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु