nmb bank

गृहपृष्ठ विराटनगरमा आगलागी: दुई जनाको मृत्यु

विराटनगरमा आगलागी: दुई जनाको मृत्यु

विराटनगरमा आगलागी: दुई जनाको मृत्यु

विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार दिउँसो परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको थियो ।

आगलागीमा घाइते अन्य तीनजना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैचाको एक एक गरी चार वटा दमकल प्लेरयोग गरिएको थियो ।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु